५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न सकेन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् । 

बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

५ वर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ । त्यस्तै उनले  एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरूसँग गठबन्धनमा उत्रिएको तर्क गरे । उनले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषितरूपमै गठबन्धन गरेको दावी गरे । थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भएपनि अहिले सवै बिर्सेर गठबन्धनलाई बिजयी गराउनुपर्ने जिकिर गरे ।

महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापित सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जवाफ दिन आग्रह गरे ।

[sidebar name="button post"]