सत्तारुढ नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच आगामी स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भएको बताएका छन्।
आजबाट काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावमा सत्तारुढ दलहरूबीच सहकार्य हुने सहमति भएको बताए। उनले गठबन्धन दलहरूबीचको गठबन्धन तोड्न भएको भयकंर षड्यन्त्रहरूलाई विफल पारिएको दाबी गरे।
नेता नेपालले एमसीसीका बारेमा पार्टीले निर्णय गरिसकेको र संसदबाट संकल्प प्रस्तावसमेत पाए भइसकेको अबस्थामा त्यसविरूद्ध नलाग्न निर्देशन दिँदै यसअघि लेखिएका स्ट्याटसहरु समेत डिलिट गर्न आग्रह गरे।
[sidebar name="button post"]









