संविधानमाथि अहिलेपनि प्रहार भइरहेको छ : प्रचण्ड

कपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले पनि संविधानमाथि लगातार प्रहार भइरहको बताएका छन्। 

पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ (प्रस्तावित) को केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि प्रहार रोक्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको बताएका छन्। 

प्रचण्डले पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण मुलुकमा भएको परिवर्तनको माओवादीले जस लिन नसकेको बताए । नेपालको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण त्यसको जस लिन नसकेको बताए। 

प्रचण्डले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकाले पनि माओवादी कम्जोर बनेको बताए।

[sidebar name="button post"]