सत्तारुढ गठबन्धनको बैठक स्थगित

६ माघ, काठमाण्डौ। सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

[sidebar name="button post"]