सुनको मूल्य एक हजारले बढ्यो

६ माघ, काठमाण्डौ। सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]