बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

११ कार्तिक, हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ‘एकीकृत समाजवादी’ का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन्। मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।

उनले नेकपा ‘माओवादी’ केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा ‘एस’ का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।