थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

११ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।