प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

११ कार्तिक, काठमाण्डौ। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

[sidebar name="button post"]