सानिमा माई हाइड्रोपावरको साधारणसभा आज

११ कार्तिक, काठमाण्डौ। सानिमा माई हाइड्रोपावरको साधारणसभा आज बिहीबार बस्दैछ। १० दशमलव ५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न आज बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारणसभा सुरु हुँदैछ । तर, लगानीकर्ताले भौतिक रुपमा पनि सहभागी जनाउन सक्नेछन्।

सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ। सभामा सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

[sidebar name="button post"]