२२ असोज, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सरकारमा नेपाली कांग्रेस, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘एकीकृत समाजवादी’ र जनता समाजवादी पार्टी ‘जसपा’ सहभागी छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
[sidebar name="button post"]











