भारतबाट भोलि १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप आउने

२२ असोज, काठमाण्डौ। नेपालले गत फागुनमा भारतसँग खरिद गरेको कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आउने निश्चित भएको छ । १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

शनिबार २ बजे १० लाख मात्रा खोप आइपुग्ने विभागले जनाएको छ । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

[sidebar name="button post"]