Ad #144479

१५ असोज, काठमाण्डौ। नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइरहेको छ ।

महाधिवेशन उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न थालेका थिए । तर, उनले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् ।

नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।