१५ असोज, काठमाण्डौ। साहस उर्जाको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आईपीओ असोज १७ गते आइतबार बाँडफाँड गरिने भएको छ ।
गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन परेका छन्। ती आवेदनमार्फत ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।












