म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ : ओली

२६ श्रावण, काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले उनले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’

ओलीले आफू ग्रहदशा राम्रो भएर प्रधानमन्त्री नभएको उल्लेख गर्दै ओलीले आफूलाई जनताले मत दिएर प्रधानमन्त्री बनाएको अदालतको परामादेशका कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताए। ‘म फेरि असाधारण बहुमतबाट फेरि पनि मुलढोकाबाट प्रवेश गर्छु। मलाइ राम्रो गह्र दशाले प्रधानमन्त्री बनाएको होइन। मलाइ नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो,’ उनले भने।