Ad #144479

२६ श्रावण, काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार परिवर्तन हुनु सामान्य भएपनि अहिले अलोकतान्त्रिक ढंगबाट सरकार परिवर्तन भएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन: मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् । ओलीले भने ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु।’

ओलीले भने, ‘दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो देखियो। सरकार गठन भएको एक महिनासम्म बधाइ र धन्यवाद चलेको छ। सरकारले केही पनि नगरेको पनि होइन। सरकारले सुबुम्बासी आयोग र भूमिहीन आयोग बन्द गरेर भूमिहीनको घाँटी सेर्ने काम पनि गरेको छ।’