लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज

१७ जेष्ठ, काठमाण्डौ। राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । मतदानका लागि दाङ्को घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा अहिले विहान ९ बजेदेखि ३ बजेसम्मको समय कायम गरिएको छ ।

निर्वाचनमा एमालेका तर्फबाट चन्द्र बहादुर खड्का र विपक्षी गठवन्धनबाट दीर्घनारायण पाण्डे चुनावी प्रतिस्पर्धामा रहेका छन् । तत्कालीन माओवादी केन्द्रबाट जितेका खड्का माओवादीबाट एमालेमा प्रवेश गरेसँगै सांसद पद खारेजभएपछि पुन निर्वाचन हुन लागेकाे हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षको समर्थन पाण्डेलाई रहेको हुँदा विपक्षी गठवन्धनको जित सुनिश्चित भएको देखिन्छ ।यधपी अन्तिम समयमा निर्वाचन आयोगले जनता समाजबादी दलका ४ सांसदलाई मताधिकार दिएपछि निर्वाचन परिणमा फरक पर्न सक्ने आंशाका गरिएको छ ।

मतदान सुरू हुनु भन्दा करिब १६ घण्टाअघि निर्वाचन आयोगले मतदातालाई मतदाता कामय गर्ने एकपक्षीय निर्णय गरी आदेश गर्नु निर्वाचनको आचारसंहिता र निर्वाचन प्रणालीको आम मान्यता विपरीतको कदम भएको भन्दै विपक्षीहरुले यसको विरोध जनाएका छन् ।

अन्तिम मतदाता नामावलीमा दाबी विरोध सकिएर निर्वाचनको तयारीमा जुटेको बेलामा निर्वाचन आयोगले मतदाता थप गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

यस कदमले सम्पूर्ण संवैधानिक अंगमाथिको विश्वसनीयतामै समेत प्रश्नचिह्न खडा भएको भनी उल्लेख गरेका छन्। त्यस्तै निर्वाचन आयोग जस्तो संवैधानिक अंग केपी ओली एमालेको विभागमा परिणत भएको प्रमाणित गरेको समेत उनीहरूको आरोप छ।