आज जेष्ठ १७ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल जेष्ठ १७ गते सोमबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउंदै प्रगति पथमा अगाडी बढ्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रवाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तरपनि बैक तथा वित्तिय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाँफा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ । दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्मृद्ध बनाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोज मुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

भौतिक सम्पाति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ ।आकस्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ। शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यवसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्‍नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाईदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समयसँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै किनारा लगाउंदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।