प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

१४ जेष्ठ, काठमाण्डौ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आजदेखि संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले हिजो संवैधानिक इजलासमा पठाएका १९ रिटका अतिरिक्त पहिले नै संवैधानिक इजलसमा पठाइएका ११ रिटगरी संवैधानिक इजलासमा आजदेखि ३० वा रिटमाथि सुनुवाई सुरु हुन लागेको हो ।

आज नै संवैधानिक इजलास गठन गरेर ती रिटको सुनुवाइ सुरु हुने बताइएको छ । बिहीबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत पूर्ण इजलास गठन गर्न माग गरेका थिए।

संवैधानिक इजलसमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै दायर भएका २६ वटा र प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा रिट छन् ।