Ad #144479

१४ जेष्ठ, काठमाण्डौ। माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ को भने परीक्षा बोर्डले नै लिनुपर्ने सुझाव दिएको छ ।संक्रमणको अवस्थामा अन्तराष्ट्रिय अभ्यास र निर्णयलाई आधार मानेर सुझाब दिइएको कार्यदलले जनाएको छ ।

नेपालमा कोरोना भाइरस दोस्रो लहर बढेर एसईई तथा कक्षा १२ को परीक्षाको कार्यतालिका स्थगित गरेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा गत वैशाख २७ गते अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो ।

जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने गरी बोर्डले कार्यतालिका सार्वजनिक गरेको थियो तर संक्रमण बढेपछि परीक्षा रोकिएको हो ।