प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटा रिट संवैधानिक इजलासमा पठाइयो

१३ जेष्ठ, काठमाण्डौ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा संवैधानिक इजलाशमा पठाउने निर्णय लिएका छन् । बिहीबार प्रतिनिधिसभा विघटनविरूद्धका १९ वटा रिट उनले आफ्नै एकल इजलाशमा पारेका हुन् ।

ती रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलाशमा पठाउने निर्णय गरिएको छ । संवैधानिक इजलाशका लागि यसअघि नै ११ वटा रिट दर्ता छन्, जसको सुनुवाइ भोलि शुक्रबारटबाट हुनेछ ।