आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

१३ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।