राष्ट्रपति भण्डारीद्वारा शपथ र कोभिड अध्यादेश जारी

६ जेष्ठ, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।