काठमाण्डौ उपत्यकामा थपिए ३ हजार २ सय ३२ जना कोरोना संक्रमित

६ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ हजार २ सय ३२ कोरोना संक्रमित थपिएका छन्।

काठमाण्डौमा २ हजार ६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।