राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल विजयी

६ जेष्ठ, काठमाण्डौ। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उप-निर्वाचनमा उनी विजयी भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा डा. देवकोटाले ५०८८ मतभार पाएका छन् भने नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले ४०१४ मतभार ल्याइ राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।