थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० जनाको मृत्यु

६ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ पीसीआर तथा ३९२ एन्टिजेन परीक्षण भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ।

यस्तै गत चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।