५ वैशाख, काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।
नेकपा माओवादी केन्द्र छाडेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई साथ दिदै आएका राष्ट्रिय सभा सदस्य राम बहादुर ‘बादल’ थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका हुन् ।
संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै थापाको संसद पद खारेज भएको जानकारी गराएको हो । योसँगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।













