खुल्ला कराँते प्रतियोगितामा दक्षिणढोका डोजो विजयी

रमिता दंगाल

५ वैशाख, काठमाण्डौ। नेपाल गोजु-रियो कराँते-दो संघ दक्षिणढोका डोजोद्वारा आयोजित खुल्ला कराँते प्रतियोगिता सम्पन्न भएको छ। दुई दिन सम्म संचालन भएको सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित गोकर्णेश्वर लाईट एकेडेमीमा हिजो सम्पन्न भएको हो।

सो प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र १२ कांस्य जित्दै आयोजक दक्षिणढोका डोजो समग्रमा बिजेता बनेको हो। त्यस्तै ७ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै मानसिंह डोजो दोस्रो र ५ स्वर्ण, ५ रजत र ९ कांस्य जित्दै एभरेस्ट मार्शल आर्ट्स सेन्टर तेस्रो भएको हो।

त्यस्तै प्रतियोगितामा प्रथम हुने टिमले ट्रफि, सम्मान पत्र, मेडल र नगद रु १५०००, दोस्रो हुने टिमले सम्मान पत्र, मेडल र नगद रु १०००० र तेस्रो हुने टिमले सम्मान पत्र, मेडल र नगद रु ५००० पुरस्कार पाएका छन्।

त्यसैगरि प्रतियोगितामा बोइज तर्फ टिम मानसिंह डोजोका सुबिन सुनार र गर्ल्स तर्फ टिम एभरेस्ट मार्शल आर्ट्सकि सुबिता गौतम उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

प्रतियोगिताको पहिलो दिनमा उद्घाटन प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोस चालिसेले गर्नुभएको थियो दोस्रो दिनमा प्रमुख अतिथीका रुपमा खेलकुद मन्त्री दावा तामाङ रहनु भएको थियो।

त्यसैगरी सानुबाबु गिरि र फुर्साङ वाइबाको संयोजगत्वमा प्रतियोगिता सम्पन्न भएको थियो।साथै यस प्रतियोगिता सानुबाबु गिरि र फुर्साङ वाइबाको संयुक्त सम्योजनमा भएको थियो।

[sidebar name="button post"]