३ वैशाख, काठमाण्डौ। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुई न्यायाधीशलाई शुक्रबार अनुमोदन गरेको छ । समितिले डा.कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।












