३१ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको दिन भोलि देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भोली २०७७ साललाई ‘पीडादायी वर्षको रुपमा चित्रित गर्ने र २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थाको बारेमा बोल्नेछन् ।
कोराना र राजनीतिक संकटकाबीच सरकारले के कसरी काम गर्यो र के उपलब्धी हासिल गर्यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने स्रोतले बताएको छ ।
[sidebar name="button post"]









