मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भैरहेको छ कारोबार ?

३१ चैत्र, काठमाण्डौ। आज २०७७ सालको अन्तिम दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]