१५ चैत्र, काठमाण्डौ। आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आज सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।
संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच करिव दुई घन्टा कुराकानी भएको बताइएको छ ।
सरकारले बिजनेश नदिँदा प्रतिनिधिसभा बैठक प्रभावकारी हुन नसकेको गुनासो भइरहेका सभामुखले केही दिन अगाडि प्रधानमन्त्री ओलीसँग भेटका लागि समय माग गरेका थिए ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भई बैठक चलेको छ।
[sidebar name="button post"]









