प्रदेश नं १ को प्रदेशसभा बैठक भोलि बस्दै

१५ चैत्र, काठमाण्डौ। सोमबार भोली प्रदेश नं १ को प्रदेशसभा बैठक बोलाइएको छ । गत चैत १ गते स्थगित भएको बैठक भोली दिउँसो २ बजेका लागी आह्वान गरिएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो। अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

[sidebar name="button post"]