Ad #144479

४ चैत्र, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गटबन्दी सुरु गरेको बताउनु भएको छ ।

आज सुरु भएको एमाले माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता खनालले ओलीले मदन भण्डारी फाउन्डेशनको नाममा पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाउनु भएको छ ।

नेता खनालले ओलीको चर्को आलोचना गर्दै ओलीले पार्टीभित्र मनपरी गर्दै गएको उल्लेख गर्नुभएको छ। नेपाल समूहले आह्वान गरेको राष्ट्रिय कार्यकर्ता भेला दुई दिनसम्म चल्ने छ।