माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु

४ चैत्र, काठमाण्डौ। नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ। ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ।

भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन्। भेलालाइ एमाले वरिष्ठ नेता झलनाथ खनालले संवाेधन गरिरहेका छन्।

बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गरिएको नेपाल समूहले जनाएको छ।

माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

अध्यक्ष ओलीले भने गूटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

[sidebar name="button post"]