नेकपा माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

३ चैत्र, काठमाण्डौ। सर्वाेच्च अदालतले संसद व्यूँताइदिएपछि नेकपा माओवादी केन्द्रको आज बसेकाे संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ ।

सिंहदरबारमा सम्पन्न दलको बैठकले सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन रद्ध गरेकाले प्रधानमन्त्रीले नैतिकता र संसदीय परम्परा बमोजिम तत्कालै राजीनामा गर्नुपर्ने ठहर गरेको हो ।

बैठक सकेर बाहिरिने क्रममा नेता वर्षामान पुनले यसबारे जानकारी दिएका हुन् । उनका अुनसार आजको बैठकले ओली सरकारमाथि कायम समर्थन फिर्ता लिनेबारे निर्णय नगरेको भएपनि परिस्थिति परिपक्व हुने वित्तिकै फिर्ता हुने बताए । हाम्रो पहिलो काम नै ओली सरकार हटाउने भन्ने छ, त्यसलाई कार्यान्वयन गर्न छलफल भइरहेको छ – उनले भने ।

[sidebar name="button post"]