नेपाल समूहको भेलामा सहभागी नहुन नेता कार्याकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

३ चैत्र, काठमाण्डौ। प्रधामन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधब नेपाल र झलनाथ खनालपक्षले भोली बोलाएको राष्ट्रिय भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

वालुवाटारमा आयोजना गरिएको चियापान समारोहलाई संवोधन गर्दै अध्यक्ष ओलीले उक्त भेलामा सहभागी नहुन र कुनै भ्रममा नपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन ।

ओलीले चियापानमा नेपाल-खनाल पक्षका नेताहरु नदेखेपछि हाम्रा केही साथीहरु यहाँ देखिनु भएन । उहाँहरु हामीले बोलाउँदा आउनु भएन तर उहाँहरु कसले बोलाउदा कहाँ जानुहुन्छ मैले भनिरहन परेन भन्दै नेपाल खनाल प्रति ओलीले तितो पोखेका थिए ।

पार्टी भित्रको तिक्तता हटाउने भन्दै ओलीले आयोजना गरिएको चियापान बालुवाटारमा जारी छ । चियापानमा ओलीपक्षका नेता कार्यकर्ताको मात्र सहभागिता रहेको छ ।

[sidebar name="button post"]