नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बानेश्वरमा सुरु

२ चैत्र , काठमाण्डौ। नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बानेश्वरमा सुरु भएको छ ।नेपाल समुहले बोलाएको बैठक भर्खरै सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाइएको छ ।

सोमबार पार्टी अध्यक्ष केपी ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । यस अघि आज धुम्बाराहीमा अध्यक्ष केपी ओलीसँग भएको छलफलमा नेता नेपालले गत फागुन २८ को निर्णयलाई शून्य अवस्थामा पुर्‍याउनुपर्ने बताएका थिए ।

नेता नेपालले चैत ४ र ५ मा राष्ट्रिय भेला राखेका छन्। तर यो भेला नगर्न ओली पक्षले आग्रह गरेको छ। गत फागुन २८ मा अध्यक्ष ओलीले माओवादीका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने महाधिवेशन मिति तय गरेका थिए। उक्त निर्णय विधानअनुसार नभएको नेता नेपाल पक्षले बताएको छ।

[sidebar name="button post"]