२ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३३११ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ। त्यस्तै २४ घन्टामा ७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]











