२७ फागुन, काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा पुगेका छन् । बिहीबार माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताएका हुन् ।
उनले अब २ र ४ वर्ष काठमाण्डौ भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् ।
उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए । प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए ।
आन्दोलनका उपलब्धिमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।












