Ad #144479

सरोज कार्की

२७ फागुन, काठमाण्डौ। आज शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाण्डौस्थित महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । तर पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ ।

यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ ।