Ad #144479

२६ फागुन, कैलाली। कैलालीकाे धनगढीस्थित प्रदेश कार्यलयमा नेकपा एमालेको बोर्ड राख्‍ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो ।

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेट राखेका थिए ।त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेका थिए ।

उनीहरूले रावल प्रदेश इन्चार्ज लेखिएको नेमप्लेट हटाउदै लेखराज भट्ट इन्चार्ज लेखिएको नेमप्लेट राखेका छ्न । त्यसपछि झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।