२६ फागुन, काठमाण्डौ। गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त गीतमा नायक पल शाहसंगै रियासा दाहाल फिचरिङ छन् ।
भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक गितले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ । गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण बिकले गरेका छन् ।
गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।












