१३ दिनभित्र राजीनामा नदिए प्रधानमन्त्रीलाई गलहत्याएर निकाल्ने चेतावनी : पम्फा भुसाल

१२ फागुन, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

विजय सभालाई सम्बोधन गर्दै उनले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छिन् । बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन् । तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन् । भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।

पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमायाचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।

[sidebar name="button post"]