रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ !

२९ माघ, काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको विषयमा उनका सकर्थकहरुले आन्दोलन गरेका छन् ।

महानगरीय अपराध महाशाखाले बिहीबार उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको र उनी उनी उपस्थित नभएपछि सादा पोशाकका प्रहरी उनको घरमा पठाइएको थियो ।

अकस्मात प्रहरीको झाँक्रीको घरमा पुगेपछि उनका सार्थकहरुले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाइ, खड्ग ओली बाइबाइ लगायतका नारा लगाएका थिए ।