Ad #144479

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाहरुले भ्रष्टचार नगरेकालाई नी भ्रष्टाचारी बनाईदिने गरेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने पनि सुझाव दिएका छन् । उनले राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा दिनुपर्ने तर राम्रा मान्छेलाई नी भ्रष्टचारी नै हो भनेर भन्न नहुने बताएका छन् ।

ओलीले भनेका छन् , ‘राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने ।’

त्यस्तै ओलीले ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउँदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नराख्न सुझाव दिएका थिए ।