२७ माघ, काठमाडौं । भोलि गर्न लागिएको विरोधसभाको समीक्षात्मक तयारीका लागि नेकपा प्रचण्ड–माधव समूहले आज सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले भोलिको कार्यक्रमको अन्तिम तयारी गर्ने जनाएको छ ।
प्रचण्ड–माधव समूहमा अहिले चार जना सचिवालय सदस्यका रुपमा रहेका छन् । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सदस्य रहेका छन् । यो समूहले भोलि माघ २८ गते राजधानीमा विशाल सभा गर्ने घोषणा यसअघि नै गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र नेपाल विभाजित देखिएका छन् । त्यस यता दुबै समूहले काठमाडौं केन्द्रित भई शक्ति प्रदर्शन गर्ने होडबाजी नै गरेकाछन् । ओली समूहले अस्ती माघ २३ गते राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
[sidebar name="button post"]









