धाकडमा कंगना एक्सन अवतारमा

२७ माघ, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कंगनालाई एक्सन अवतारमा देख्न सकिन्छ । यो चलचित्र रजनीश राजी घईले निर्देशन गरेका हुन्।

आफ्नो ट्वीटरमार्फत पोस्टर सार्वजनिक गर्दै कंगनाले आफूलाई ‘मौतकी देवी भैरवी’सँग तुलना गरेकी छिन् । कंगनाले आफूलाई भगवानसँग दाजेको भन्दै धेरैले विरोध गरेका छन्।

उनीहरुले कंगना भगवान नभएको टिप्पणी गरेका छन् । कंगनाको कुराले आफूहरु बोर भएको समेत उनीहरुले बताएका छन्। कंगना ट्वीटरमा निक्कै सक्रिय कलाकार हुन् । उनका अभिव्यक्ति धेरै विवादास्पद अभिव्यक्ति दिने गर्छिन्।