आयोगका पदाधिकारीहरुको शपथ सभामुख र उपराष्ट्रपति गरे बहिस्कार

२१ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगका पदाधिकारीहरुको पद तथा गोपनीयताको शपथ बहिस्कार गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा नवनियुक्त ३४ जना संवैधानिक आयोगका पदाधिकारीहरुको शपथमा सभामुख सापकोटासँगै उपराष्ट्रपति नन्दबहादुर पुन पनि अनुपस्थित रहेका हुन् ।

सभामुख सापकोटा र उपराष्ट्रपति पुन निकट स्रोतले दिएको जानकारी अनुसार संविधान मिचेको साक्षी बन्न उनीहरू अनुपस्थित रहेका हुन् । कानूनी र राजनीतिक विवादकाबीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण स आफैमा विवादमय बनेको छ ।