लागूऔषध र नगदसहित ११ जना पक्राउ

२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका गौरिघाटको विभिन्न स्थानबाट ३ केजी अवैध लागूऔषध पोल्यान्ड र नगद २० हजार २ सय ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर बर्देवा लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-९ बुद्धटोलबाट २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र ७ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अजय राई र २५ वर्षीय बिकल बिशुङखे रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट १८ ग्राम ९ सय ३० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रभुराम चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया, मधुबन नगरपालिका-६ लठुवाघाटबाट ७ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ११ किलो अवैध लागूऔषध गाँजा, ६७ हजार रुपैयाँ र २ हजार ५ सय भारतीय रुपैयाँ सहित पर्सा सखुवा पर्सौनी गाउँपालिका-२ बस्ने ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.२ ह ४१०९ नम्बरको अटोलाई जाँच गर्दा अटोमा सवार उनलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरेको हो ।

सुनसरी, ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित भोजपुर हतुवागडी गाउँपालिका-९ बस्ने २७ वर्षीय अर्जुन खड्का समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को। १ च ९८५२ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[sidebar name="button post"]