२० माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सबै प्रमाण बुझाएकाले नेकपा आफूहरुको भएको बताएका छन् । पार्टी आधिकारिकता दाबीका लागि निर्वाचन आयोग पुगेका खनालले आफूहरु नै आधिरिक नेकपा भएको दाबी गरेका हुन् ।
आयोगमा पुगेका नेता खनालले पत्रकारहरुसँग कुराकानी गर्दै भने, “हामीसँग ७० प्रतिशत भन्दा धेरै केन्द्रीय सदस्य छन्। त्यो कुरा दुईपटक बसेको केन्द्रीय कमिटीको बैठकले प्रमाणित गरेका छौँ । आधिकारिकता हामीबाट बाहिर जानै सक्दैन ।”
उनले नेकपाको विवाद समाधान नभएसम्म निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने पनि बताए । उनले नेकपा ओली समूहलाई सानो टुक्रो भएको टिप्पणी गरे । खनालले आज आफ्नो पक्षले केपी शर्मा ओली र विष्णु पौडेललाई कारबाही गराएको विषयमा जानकारी गराएको पनि बताए ।












